गुल्मी - गुल्मी दरवार गाउँपालिका गुल्मीका अध्यक्ष अशोक कुमार थापाको निधन भएको छ । थापाको बिहीबार ७४ वर्षको उमेरमा निधन भएको हो । लामो समयदेखि फोक्सोमा समस्या देखिएको उनको उपचारका क्रममा काठमाडौंमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।
उनी स्थानीय तह निर्वाचनमा नेपाली काँंग्रेसबाट अध्यक्षमा निर्वाचित भएका थिए । मृतक थापाको शवलाई गाउँपालिकामा ल्याउने तयारी भएको जनाइएको छ । उहाँ नेपाली काँग्रेस गुल्मी क्षेत्र १ का सभापति समेत रहनुभएकाे थियाे ।
प्रकाशित मिति: बिहीबार, असार ३१, २०७८ २१:००
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय