Erani Mahal
गुल्मीकाे माेटरसाइकल दुर्घटनामा पाल्पाका युवा पाण्डेयकाे मृत्यू
bike_accident
पाल्पा- गुल्मीमा भएकाे माेटरसाइकल दुर्घटनामा पाल्पाका युवा सुदन पाण्डेयकाे मृत्यू भएकाे छ । गुल्मीमा जीपको ठक्करबाट मोटरसाइकल चचालक तानसेन नगरपालिका–१४ अर्गलीका ३० वर्षका सुदन पाण्डेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । धुर्कोटबाट तम्घास आउँदै गरेको भे १ च १९४३ नम्बरको जीपले रेसुङ्गा नगरपालिका–४ अर्खलेमा लु ५५ प ७०८२ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो । दुर्घटनामा परी जीपमा सवार चार जना घाइते भएका छन् । मोटरसाईकल सडक देखि तल खसेको छ भने जीप वाटोमै पल्टिएको छ ।
प्रकाशित मिति: बिहीबार, असार ३१, २०७८  १९:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update