Erani Mahal
पाल्पामा विहिवार थपिए ३८ जना काेराेना संक्रमित
covid-19-test
पाल्पा – पाल्पामा बिहिवार २९ जना नयाँ सङ्क्रमित थपिएका छन् । १२ जनाको पीसीआर गर्दा ४ जना सङ्क्रमित र १२२ जनाको एनटिजीन परीक्षण गर्दा ३८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओमप्रकाश पन्थीले बताउनुभयो । ३८ सङ्क्रमित हुँदा १८ जना निको भएका छन् । पाल्पामा हाल ४५४ जना कोरोनाका सक्रिय सङ्क्रमित रहेका छन् । केही दिन यता पाल्पामा काेराेनाकाे सक्रिय सङ्क्रमित बढ्दै गएकाे पन्थीले बताउनुभयो । पाल्पामा केही दिनयता कोरोनाबाट निको हुनेभन्दा सङ्क्रमित हुने मानिसको सङ्ख्या बढ्दै गएको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ । पाल्पामा हालसम्म कोरोनाका कारण ११५ जनाको निधन भईसकेको छ । पाल्पामा कुल काेराेना परीक्षण पश्चात संक्रणम देखिएकाे संख्या ७ हजार ७ सय ८२ पुगेकाे छ । भने निकाे हुनेकाे संख्या ७ हजार १ सय ८२ पुगेकाे छ । पाल्पामा कुल सक्रिय ४५४ संक्रमितमा हाेम आइसाेलेशनमा ४ सय ५४ जना आइसियू २ जना एचडियूमा १८ भेन्टिलेटरमा १ र आइसाेलेशनमा १० जनाकाे उपचार भइरहेकाे छ ।
प्रकाशित मिति: बिहीबार, असार ३१, २०७८  १८:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update