Erani Mahal
भेटेनरी अस्पताल तथा पशु विज्ञ केन्द्र पाल्पाको प्रगति ८८ प्रतिशत
vet
पाल्पा– भेटेनरी अस्पताल तथा पशु विज्ञ केन्द्र पाल्पाको प्रगति ८८ प्रतिशत भएको छ । भेटेनरी अस्पताल तथा पशु विज्ञ केन्द्र पाल्पाले आर्थिक वर्ष २०७७।०७८ को वार्षिक प्रगति तथा समिक्षा गर्दै सो कुरा जानकारी दिएको हो । कार्यालयको आर्थिक वर्ष २०७७।०७८ का लागि १२ करोड ६९ लाख ७७ हजार विनियोजन भएकोमा ११ करोड २२ लाख ६४ हजार खर्च भई ८८.४१ प्रतिशत वित्तिय प्रगति हासिल भएको जनाएको छ । केन्द्रका प्रमुख चन्द्रबहादुर रानाले कोभिड महामारी लगायतका समस्याका कारण केही आयोजनाहरु सम्पन्न गर्न नसकिएको बताउनुभयो । पाल्पा र गुल्मी कार्यक्षेत्र रहेको अस्पतालले सीमित स्रोत र साधनका बावजुत पनि बजेट कार्यान्वयन प्रभावकारी रुपमा ल्याएको बताउनुभयो । केन्द्रले चालु तर्फ १ करोड २८ लाख ६० हजार, कृषि उत्पादन तथा खाध्य सुरक्षामा एक करोड, स्मार्ट कृषि गाउँ कार्यक्रममा १ करोड, अभियानमुखी मिसन कार्यक्रममा १ करोड, कृषि तथा पशुपन्क्षी स्रोत विकास कार्यक्रममा १ करोड, पशु विकास तथा पशु स्वास्थ्य कार्यक्रम १ करोड, भेटनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रहरुमा एक करोड खर्च भएको जनाएको छ । केन्द्रले यि कार्यक्रम मार्फत पाल्पा र गुल्मीका किसानलाई आर्थिक र सामाजिक जीवन स्तर सुधारमा काम गरेको जनाएको छ । केन्द्रले विभिन्न बैंक संगको समन्वयमा किसानलाई सहुलियत ऋण प्रदान, स्मार्ट कृषि गाउँ, बाख्रा मिसन कार्यक्रम, पोषण सुधार, पशु स्वास्थ्य तथा उपचारका क्षेत्रमा समेत काम गरेको जनाएको छ । पत्रकार सम्मेलनमा पत्रकार महासंघ पाल्पाका अध्यक्ष रेखीराम रानाले कृषिले आफ्ना कार्यक्रम गर्दा अन्य निकायसँग दोहोरो नपर्ने गरी संचालन गर्नुपर्ने, स्थानीय मिडियालाई समेत प्राथमिकता दिनुपर्ने, प्रभावकारी अनुगमन र कार्यान्वयमा जोड दिनुपर्ने बताउनुभयो । यस्तै विभिन्न क्षेत्रमा कार्यरत संचारकर्मीले आफ्ना जिज्ञासा समेत राख्नुभएको थियो ।
प्रकाशित मिति: बिहीबार, असार ३१, २०७८  १८:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update