Erani Mahal
पाल्पाको निषेधाज्ञामा के खुल्ने के नखुल्ने: हेर्नुहोस् जारी आदेश सहित !
Ades2 caopy
पाल्पा– पाल्पामा जारी लकडाउनलाई केही खुकुलो बनाउँदै थप गरिएको छ । जिल्ला कोभिड संकट व्यवस्थापन समितिको बैठकले गत बैशाख १६ गतेदेखि जारी लकडाउनमा केही प्रावधानमा खुकुलो बनाएको हो । समितिको बैठकले यस अघि बन्द रहेको सार्वजनिक यातायातलाई जोर विजोर आधारमा जिल्ला भित्र संचालन गर्ने, सबै खालका व्यवसायहरु ५ बजेसम्म संचालन गर्ने लगायतका निर्णय गरेको छ । यस अघि पसल व्यवसायहरु विहान ७ बजेदेखि ३ बजेसम्म खुल्दै आएको थियो । पाल्पामा जारी निषेधाज्ञालाई साउन १० गतेसम्म लम्वाइएको पाल्पाका प्रमुख जिल्ला अधिकारी योगेन्द्र प्रसाद पाण्डेयले जानकारी दिनुभयो । पाण्डेका अनुसार सार्वजनिक यातायातहरु जोर विजोर आधारमा खुल्नेछन्, यस्तै व्यवसायहरु विहान ७ बजेदेखि दिउँसो ५ बजेसम्म संचालन हुनेछन्, अन्य धार्मिक कार्यक्रम, सभा, सम्मेलन, गोष्ठी लगायतका भिडहुने कार्यक्रम गर्न भने बन्देज लगाइएको छ । आदेश पालना नगर्ने जो कोहीलाई पनि संक्रामक रोग ऐन तथा कोभिड संकट व्यवस्थापन अध्यादेश २०७८ अनुसार कारवाही हुने समेत उहाँले बताउनुभयो ।
प्रकाशित मिति: बिहीबार, असार ३१, २०७८  १७:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update