X
3495
Shares

पाल्पामा जारी निषेधाज्ञा थप खुकुलो : सार्वजनिक यातायात चल्ने, पसल ५ बजेसम्म खुल्ने !

रानीमहल संवाददाता || ३१ असार २०७८,बिहीबार १६:५९

पाल्पा– पाल्पामा जारी लकडाउनलाई केही खुकुलो बनाउँदै थप गरिएको छ । जिल्ला कोभिड संकट व्यवस्थापन समितिको बैठकले गत बैशाख १६ गतेदेखि जारी लकडाउनमा केही प्रावधानमा खुकुलो बनाएको हो ।

समितिको बैठकले यस अघि बन्द रहेको सार्वजनिक यातायातलाई जोर विजोर आधारमा जिल्ला भित्र संचालन गर्ने, सबै खालका व्यवसायहरु ५ बजेसम्म संचालन गर्ने लगायतका निर्णय गरेको छ ।

यस अघि पसल व्यवसायहरु विहान ७ बजेदेखि ३ बजेसम्म खुल्दै आएको थियो । पाल्पामा जारी निषेधाज्ञालाई साउन १० गतेसम्म लम्वाइएको पाल्पाका प्रमुख जिल्ला अधिकारी योगेन्द्र प्रसाद पाण्डेयले जानकारी दिनुभयो ।

पाण्डेका अनुसार सार्वजनिक यातायातहरु जोर विजोर आधारमा खुल्नेछन्, यस्तै व्यवसायहरु विहान ७ बजेदेखि दिउँसो ५ बजेसम्म संचालन हुनेछन्, अन्य धार्मिक कार्यक्रम, सभा, सम्मेलन, गोष्ठी लगायतका भिडहुने कार्यक्रम गर्न भने बन्देज लगाइएको छ । आदेश पालना नगर्ने जो कोहीलाई पनि संक्रामक रोग ऐन तथा कोभिड संकट व्यवस्थापन अध्यादेश २०७८ अनुसार कारवाही हुने समेत उहाँले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *


काेराेना सचेतना सूचना

क्लिक मिडिया नेटवर्क प्रा.लि.पाल्पा,
नेपालद्वारा संचालित
इरानीमहल डटकमको लागि
अनलाइन न्यूज पोर्टल
ranimahalnews@gmail.com
संपादक:अमृत अधिकारी
फाेन नं : ०७५-५२२६०७
मो नं : ९८५७०६००४७
सुचना बिभाग दर्ता नं.७५२/०७४-७५

Powered By: Softbenz Infosys