Erani Mahal
बुधवार पाल्पामा २९ जना काेराेनाका विरामी थप ५५ जना निकाे
coronavirus_
पाल्पा – पाल्पामा मंगलवार २९ जना नयाँ सङ्क्रमित थपिएका छन् । ३८ जनाको पीसीआर गर्दा ११ जना सङ्क्रमित र ८८ जनाको एनटिजीन परीक्षण गर्दा १८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओमप्रकाश पन्थीले बताउनुभयो । २९ सङ्क्रमित हुँदा ५५ जना निको भएका छन् । पाल्पामा हालसम्म ४६५ जना कोरोनाका सक्रिय सङ्क्रमित रहेका छन् । केही दिन यता पाल्पामा काेराेनाकाे सक्रिय सङ्क्रमित बढ्दै गएकाे पन्थीले बताउनुभयो । पाल्पामा केही दिनयता कोरोनाबाट निको हुनेभन्दा सङ्क्रमित हुने मानिसको सङ्ख्या बढ्दै गएको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ । पाल्पामा हालसम्म कोरोनाका कारण ११५ जनाको निधन भईसकेको छ । बुधवार थप एक जना महिलाकाे निधन भएकाे हाे । पाल्पामा कुल काेराेना परीक्षण पश्चात संक्रणम देखिएकाे संख्या ७ हजार ७ सय ४४ पुगेकाे छ । भने निकाे हुनेकाे संख्या ७ हजार १ सय ६४ पुगेकाे छ । पाल्पामा कुल सक्रिय ४६५ संक्रमितमा हाेम आइसाेलेशनमा ४ सय ३५ जना एचडियूमा १३ र आइसाेलेशनमा १७ जनाकाे उपचार भइरहेकाे छ ।
प्रकाशित मिति: बुधबार, असार ३०, २०७८  १५:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update