Erani Mahal
आगामि तीन दिनकाे माैसम कस्ताे छ ?
rain-mausam
पाल्पा- माैसम पुर्वानुमान विभागले आगामि तीन दिनकाे माैसम पुर्वानुमान गरेकाे छ । मौसम पूर्वानुमान बुलेटिन (Weather Forecast Bulletin) मार्फत विभागले आगामि तीन दिनमा देशभर हुन सक्ने माैसमी घटनाहरु देखाएकाे छ । विभागले जारी गरेकाे मौसम विश्लेषण अनुसार देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मौसमको अवस्था (Present Weather Status) अहिले देशभर सामान्य बदली रही प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश, गण्डकी प्रदेश र सुदुरपश्चिम प्रदेशका थोरै स्थानहरुमा हल्का वर्षा भईरहेको छ। आगामी तीन दिनको मौसम पूर्वानुमान २०७८ असार ३० गते ( बुधबार) दिउँसो: देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र सुदुरपश्चिम प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ। राती: देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, प्रदेश नं २,बागमती प्रदेश र गण्डकी प्रदेशका एक-दुई स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ। २०७८ असार ३१ गते ( विहिबार) दिउँसो: देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूर-पश्चिम प्रदेशका एक-दुई स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ। राती: देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेश का एक दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ। २०७८ साउन १ गते ( शुक्रबार) दिउँसो: देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।प्रदेश नं १ र र सुदूर-पश्चिम प्रदेशका एक-दुई स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ। राती: देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। सबै प्रदेशका एक दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ। आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श (Warning/Advisory for next 24 hours) देशका धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहनुका साथै प्रदेश १, प्रदेश नं २,बागमती प्रदेश, गण्डकी प्रदेश, र सुदूर-पश्चिम प्रदेशका एक दुई स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेकोले साथै प्रदेश १ का एक दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित धेरै भारी वर्षाको सम्भावना पनि रहेकोले पहाडी भू-भागमा भू-क्षय, पहिरो तथा गेग्रान बहाव (debris flow) को जोखिम रहेको साथै नदीनाला तथा खहरे खोलाहरुमा पानीको सतह बढ्न सक्ने तथा दैनिक जीवन/यातायात क्षेत्र प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउनु हुन सबैमा अनुरोध छ ।
प्रकाशित मिति: बुधबार, असार ३०, २०७८  १४:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update