Erani Mahal
मंगलवार पाल्पामा २१ काेराेना संक्रमित थप भए
Corona_virus
पाल्पा – पाल्पामा मंगलवार २१ जना नयाँ सङ्क्रमित थपिएका छन् । २४ जनाको पीसीआर गर्दा १० जना सङ्क्रमित र ३५ जनाको एनटिजीन परीक्षण गर्दा ११ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओमप्रकाश पन्थीले बताउनुभयो । २१ सङ्क्रमित हुँदा २९ जना निको भएका छन् । पाल्पामा हालसम्म ४९२ जना कोरोनाका सक्रिय सङ्क्रमित रहेका छन् । केही दिन यता पाल्पामा काेराेनाकाे सक्रिय सङ्क्रमित बढ्दै गएकाे पन्थीले बताउनुभयो । पाल्पामा केही दिनयता कोरोनाबाट निको हुनेभन्दा सङ्क्रमित हुने मानिसको सङ्ख्या बढ्दै गएको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ । पाल्पामा हालसम्म कोरोनाका कारण ११४ जनाको निधन भईसकेको छ । पाल्पामा कुल काेराेना परीक्षण पश्चात संक्रणम देखिएकाे संख्या ७ हजार ६ सय २५ पुगेकाे छ । भने निकाे हुनेकाे संख्या ७ हजार १ सय ९ पुगेकाे छ । पाल्पामा कुल सक्रिय ४९२ संक्रमितमा हाेम आइसाेलेशनमा ४ सय ६६ जना एचडियूमा १३ र आइसाेलेशनमा १३ जनाकाे उपचार भइरहेकाे छ । साेमवार माथागढी पूर्वखाेला निस्दी र रिब्दीकाेटका १/१ जना रामपुरका ८ जना बगनासकालीका ५ जना र तानसेन नपा तथा अस्पतालमा ४ गरी १३ पुरुष र ८ महिला गरी २१ जना थप भएका हुन् ।
प्रकाशित मिति: मंगलबार, असार २९, २०७८  १७:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update