X
1710
Shares

निस्दी गाउँपालिका मित्यालका वडाध्यक्ष सुनारीको निधन

रानीमहल संवाददाता || २९ असार २०७८,मंगलवार १७:३१

पाल्पा- निस्दी गाउँपालिका–४ का वडाध्यक्ष न्योबहादुर सुनारीको सोमबार राति निधन भएको छ। ५२ वर्षीय सुनारीको तानसेनस्थित लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचारको क्रममा राति १२ निधन भएको नेकपा एमाले गाउँपालिका संयोजक हेमबादुर खाम्चाले जानकारी दिनुभयाे ।

सुनारीलाई कलेजोमा समस्या थियो। केही महिनादेखि औषधि सेवन गर्दै आएका उनलाई बिमारले च्यापेपछि गत सोमबार बिहान ८ बजे उपचारका लागि लुम्बिनी मेडिकल कलेजमा भर्ना गरिएको थियो।

उनी नेकपा एमालेका तर्फबाट वडाध्यक्ष पदमा निर्वाचित भएका थिए। एमालेको आयोजनामा हुने श्रद्धाञ्जली सभापछि सुनारीको रामपुस्थित परेवाघाटमा आजै अन्त्येष्टि गरिने खाम्चाले बताउनुभयाे । सुनारीका श्रीमती, एक छोरा र दुई छोरी छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *


काेराेना सचेतना सूचना

क्लिक मिडिया नेटवर्क प्रा.लि.पाल्पा,
नेपालद्वारा संचालित
इरानीमहल डटकमको लागि
अनलाइन न्यूज पोर्टल
ranimahalnews@gmail.com
संपादक:अमृत अधिकारी
फाेन नं : ०७५-५२२६०७
मो नं : ९८५७०६००४७
सुचना बिभाग दर्ता नं.७५२/०७४-७५

Powered By: Softbenz Infosys