Erani Mahal
पाल्पामा थप ५९ जनामा काेराेना संक्रमण पुष्टि
corona-gg
पाल्पा – पाल्पामा साेमवार ५९ जना नयाँ सङ्क्रमित थपिएका छन् । ५७ जनाको पीसीआर गर्दा १७ जना सङ्क्रमित र १५१ जनाको एनटिजीन परीक्षण गर्दा ४२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओमप्रकाश पन्थीले बताउनुभयो । ५९ सङ्क्रमित हुँदा ५४ जना निको भएका छन् । पाल्पामा हालसम्म ५०० जना कोरोनाका सक्रिय सङ्क्रमित रहेका छन् । केही दिन यता पाल्पामा काेराेनाकाे सक्रिय सङ्क्रमित बढ्दै गएकाे पन्थीले बताउनुभयो । पाल्पामा केही दिनयता कोरोनाबाट निको हुनेभन्दा सङ्क्रमित हुने मानिसको सङ्ख्या बढ्दै गएको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ । पाल्पामा हालसम्म कोरोनाका कारण ११४ जनाको निधन भईसकेको छ । पाल्पामा कुल काेराेना परीक्षण पश्चात संक्रणम देखिएकाे संख्या ७ हजार ६ सय २५ पुगेकाे छ । भने निकाे हुनेकाे संख्या ७ हजार २६ पुगेकाे छ । पाल्पामा कुल सक्रिय ५०० संक्रमितमा हाेम आइसाेलेशनमा ४ सय ६२ जना एचडियूमा १० र आइसाेलेशनमा २६ जनाकाे उपचार भइरहेकाे छ । आइतवार माथागढीका १ रामपुरका २० रैनादेवी रम्भाका २/२ जना पूर्वखाेलाका १ बगनासकालीका १२ निस्दीका १ र तानसेन नपा तथा अस्पतालमा २० गरी २५ पुरुष र ३४ महिला गरी ५९ जना थप भएका हुन् ।
प्रकाशित मिति: सोमबार, असार २८, २०७८  २०:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update