Erani Mahal
मृतक राते मृग सहित पाल्पाबाट चार जना पक्राउ
pakrau
पाल्पा- पाल्पामा संरक्षित जनावर राते मृग सहित चारजनालाइ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार प्रहरी चेकजाँचको क्रममा आइतवार रिब्दिकोट गाउपालिका-३ हार्थोक बजारमा बुर्तिबाङ बाग्लुङबाट बुटवल तर्फ जाँदै गरेको ध १ ज ४६५ नं.को बलेरोमा उनीहरुलाइ पक्राउ गरिएको हो । पिक-अप लाई चेकजाँच गर्ने क्रममा अन्दाजी ८ के.जि.बराबरको राते (मृग) मृतक सिटको पछाडि पट्टी राखेको अबस्थामा फेला पारेको प्रहरीले जनाएको छ । मृग सहित फेला परेपछि उक्त बलेरोका रहेका चालक सहित ४ जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा नवलपरासी बर्दघाट नगरपालिका ४ बस्ने बर्ष २९ को सुरेश थापा बाग्लुङ ढोरपाटन नगरपालिका ६ बस्ने बर्ष २८ को रमेश भण्डारी (चालक) निस्दिखोला गाउपालिका-३ बस्ने बर्ष २९ को छम बहादुर मल्ल र अर्घाखाँची पाणिनि गाउपालिका-८ बस्ने बर्ष ३२ को मोबिन वली रहेका छन् । उनीहरुले बाग्लुङ क्षेत्रको ढोरपाटन सिकार आरक्ष क्षेत्रबाट चोरी तस्कारी गरी ल्याएको हुन सक्ने संकाले नियन्त्रणमा लिइएको प्रहरी नायव उपरिक्षक रामेश्वर त्वातिले जानकारी दिनुभयो । उनीहरुलाइ अब वन कार्यालयको जिम्मा लगाउने र वन एेन अनुसार कारवाही हुने उहाँले बताउनुभयो । लोपउन्मुख हुँदै गएको राते मृगको चोरी सिकारी र तस्करी गर्न वन एेन अनुसार बन्देज गरिएको छ ।
प्रकाशित मिति: सोमबार, असार २८, २०७८  ०८:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update