Erani Mahal
रामचन्द्र चन्दको प्रेम ‘कथा’ गीत मार्फत सार्वजनिक (हेर्नुहोस भिडियो)
Kata
पाल्पा– गायक तथा गीतकार रामचन्द्र चन्दको प्रेम कथालाई गीत मार्फत सार्वजनिक गर्नुभएको छ । ‘हाम्रो माया कमलको फूल बनोस, एकादेशको निरमाया कथा नबनोस’, लयमा रहेको गीतमा उहाँले पुनः संस्करण प्रकाशन गरी बजारमा ल्याउनुभएको हो । कथा नामक गीतमा गायक रामचन्द्र चन्दको स्वर रहेको छ । रुविन मगरले बनाउनुभएको भिडियोमा गायक चन्दले आफूले पहिले गाएको गीतलाई पुनः प्रकाशन गरिएको बताउनुभयो । हेर्नुहोस् भिडियो ः जानकी पन्तको लय, कमल खनालको संगीत, रुविन मगरले एरेन्ज गर्नुभएको गीत मन्जरी स्टुडियोमा रेकर्ड गरिएको थियो । गुल्मीमा जन्मनुभएका गायक चन्द पाल्पामा समेत संचारकर्मी भएर काम गर्नुभएको थियो । उहाँ अहिले काठमाडौंमा संगीतकर्मलाई निरन्तरता दिएको रानीमहलसँगको कुराकानीमा बताउनुभयो । उहाँले आफ्नो पुरानो गीत लाखौं स्रोता र दर्शकले रुचादिनुभएकोले पुनः संस्करण गरी बजारमा ल्याएको बताउनुभयो ।
प्रकाशित मिति: सोमबार, असार २८, २०७८  ०७:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update