X
1230
Shares

काेराेनाकाे नयाँ भेरियन्ट स्याङ्जामा भेटियाे : सजग रहन मन्त्रालयकाे आग्रह !

रानीमहल संवाददाता || २७ असार २०७८,आईतवार १९:१९

पाल्पा- स्याङ्जाका दुई जना पुरुषसहित ८० जनामा कोरोनाको नयाँ भेरिएन्ट देखा परेको छ । कालिगण्डकी गाउँपालिकाका १४ र ६० वर्षीय २ पुरुषमा डेल्टा भेरिएन्ट देखिएको हो । प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले स्याङ्जामा २ जनामा नयाँ भेरिएन्ट पुष्टि भएको प्रेस विज्ञप्ती मार्फत जानकारी दिएको छ ।

दुवै जनाको जेठको अन्तिम साता नमुना संकलन गरी पठाईएको थियो । नयाँ भेरिएन्ट देखिएर संक्रमण पुष्टि भएको नतिजा आउदाँ भने संक्रमित दुवैजना निको भएको कालीगण्डकी गाउँपालिकाका अध्यक्ष खिम बहादुर थापाले बताउनुभयाे ।

अहिले गाउँपालिका भित्र संक्रमण न्यूनिकरणका लागि उच्च सतर्कता अपनाइएको पनि अध्यक्ष थापाले बताउनुभयाे । जनस्वास्थ्य प्रयोगशाला पोखराले जेठ ३१ गते गण्डकी प्रदेशबाट ५ वटा नमुना जनस्वास्थ्य प्रयोगशाला काठमाडौ पठाएको थियो ।

जसमध्य सबै जनामा डेल्टा बि.१.६१७.२ (नयाँ भेरिएन्ट) पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जनाएको छ । नयाँ भेरिन्ट देखिएकामा गण्डकी प्रदेशमा स्याङ्जाका २ पुरुषसंगै गोरखाका ३ जना महिला रहेका छन् ।

नेपालमा प्रयोगशाला नभएको कारण देशभरीबाट १३० वटा नमुना संकलन गरेर विदेश पठाइएकोमा ८० जनामा डेल्टा भाइरस पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशकी निमित्त निर्देशक सपना सुवेदीले बताउनुभयाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *


काेराेना सचेतना सूचना

क्लिक मिडिया नेटवर्क प्रा.लि.पाल्पा,
नेपालद्वारा संचालित
इरानीमहल डटकमको लागि
अनलाइन न्यूज पोर्टल
ranimahalnews@gmail.com
संपादक:अमृत अधिकारी
फाेन नं : ०७५-५२२६०७
मो नं : ९८५७०६००४७
सुचना बिभाग दर्ता नं.७५२/०७४-७५

Powered By: Softbenz Infosys