Erani Mahal
पाल्पाकाे तिनाउँमा  ट्याक्टर दुर्घटना : एककाे मृत्यू, एक घाइते !
tractor-accident
पाल्पा- पाल्पाकाे तिनाउँमा ट्राक्टर दुर्घटना हुँदा एक जनाकाे मृत्यू भएकाे छ भने एक जना घाइते भएका छन् । आइतरवार दिउँसाे ४।३० बजेको समयमा तिनाउँ गाउँपालिका २ सिस्नेरी स्थित दोभान सिस्नेरी भित्री कच्ची सडक खण्डमा दोभानबाट सिस्नेरी तर्फ जादै गरेको लु २ त २५३ नं.को ट्रायाक्टर दुर्घटना भएकाे हाे । ट्राक्टरमा ट्रली जडान नभएको खाली ट्याक्टरको अगाडीको दायाँ तर्फको टायर फुस्किन गई अनियन्त्रत हुँदा सडकबाट अन्दाजी ७ मिटर तल खोल्सामा खस्न जादा ट्याक्टर चालक जिल्ला पाल्पा तिनाउँ गाउँपालिका वडा नं. २ बस्ने बर्ष ३८ को दुर्गा बहादुर गाहालाई सोही ट्याक्टरले च्याप्न गई घटनास्थलमा मृत्यू भएको प्रहरीले जनाएकाे छ । ट्याक्टर सहचालक साेही स्थानमा बस्ने बर्ष ४२ को एक बहादुर थापा घाईते भएकोमा उपचारको लागि स्थानीय मेडिकलमा पठाईएको उनकाे अवस्था सामान्य रहेको प्रहरीले जनाएकाे छ ।
प्रकाशित मिति: आइतबार, असार २७, २०७८  १९:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update