Erani Mahal
पाल्पा काेराेना अपडेट : आइतवार थप २३ संक्रमण ८२ जना निकाे भएर घर फिर्ता
corona1
पाल्पा – पाल्पामा आइतवार २३ जना नयाँ सङ्क्रमित थपिएका छन् । ४१ जनाको पीसीआर गर्दा १० जना सङ्क्रमित र ७१ जनाको एनटिजीन परीक्षण गर्दा १३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओमप्रकाश पन्थीले बताउनुभयो । २३ सङ्क्रमित हुँदा ८२ जना निको भएका छन् । पाल्पामा हालसम्म ४९५ जना कोरोनाका सक्रिय सङ्क्रमित रहेका छन् । केही दिन यता पाल्पामा काेराेनाकाे सक्रिय सङ्क्रमित बढ्दै गएकाे पन्थीले बताउनुभयो । पाल्पामा केही दिनयता कोरोनाबाट निको हुनेभन्दा सङ्क्रमित हुने मानिसको सङ्ख्या बढ्दै गएको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ । पाल्पामा हालसम्म कोरोनाका कारण ११४ जनाको निधन भईसकेको छ । शु्क्रवार थप दुइ जना पुरुषकाे निधन भएकाे थियाे । पाल्पामा कुल काेराेना परीक्षण पश्चात संक्रणम देखिएकाे संख्या ७ हजार ६ सय २५ पुगेकाे छ । भने निकाे हुनेकाे संख्या ७ हजार २६ पुगेकाे छ । पाल्पामा कुल सक्रिय ४९५ जना संक्रमितमा हाेम आइसाेलेशनमा ४ सय ६३ जना एचडियूमा ८ र आइसिइयूमा ० जनाकाे उपचार भइरहेकाे छ । आइतवार माथागढीका १ रामपुरका ११ रैनादेवी बगनासकाली र तिनाउँका २/२ जना निस्दीका १ र तानसेन नपा तथा अस्पतालमा ४ गरी १३ पुरुष र १० महिला गरी २३ जना थप भएका हुन् ।
प्रकाशित मिति: आइतबार, असार २७, २०७८  १४:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update