पाल्पा - विहान देखि नै राम्दि बजार र सिद्धबाबा नजिकै पहिरो झरी बाटो अबरोध भएको बाटाे सुचारु भएकाे छ । हिजो रातीदेखि परेको अबिरल बर्षाको कारण विहान ७ बजेको समयमा जिल्ला पाल्पा बगनासकाली गाउँपालिका ५ राम्दि बजार स्थित सिद्धार्थ राजमार्गमा माथिबाट पहिरो झरी बाटो पुर्णरुपमा अबरुद्ध भएको थियाे यस्तै सिद्धबाबा मन्दिर नेर समेत पहिराे गएर बाटाे अबरुद्ध भएकाे बाटाेहरु सुचारु भएकाे प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार पहिरो जाँना साथ राम्दी चौकीबाट प्रहरी सहायक निरिक्षक धर्म बहादुर घर्तीकको कमाण्डमा ३ जनाको टोली खटिई बाटो खुलाउन समन्वय गरी खुलेकाे छ । यस्तै माथागढी १ चिदीपानीकाे धैरेनी र सिद्धबाबा मन्दिर नजिककाे पहिराे समेत हटाएर एकतर्फी बाटाे सुचारु भएकाे प्रहरीले जनाएको छ ।
लगातारको वर्षातले ठाउँ ठाउँमा बाढी र पहिरो जान सक्ने भएकाले सजग रहन प्रहरीले सबैमा अनुरोध समेत गरेको छ । यस्तै सिद्धबाबा क्षेत्रकाे बाटाे नि सुचारु भएकाे छ । यस्तै वर्षातका कारण माथागढी १ चिदीपानीकाे धैरेनीमा पहिराे जाँदा बाटाे अबरुद्ध भएकाे प्रहरीले जनाएकाे थियाे । करिब एक ३० बजेकाे समयमा यहाँ अबरुद्ध भएकाे सडक सुचारु भएकाे प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: आइतबार, असार २७, २०७८ १३:२७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय