Erani Mahal
राम्दी  बजार नजिकै पहिरो : सिद्दार्थ राजमार्ग अवरुद्ध
pahiroo
पाल्पा - राम्दि बजार नजिकै पहिरो झरी बाटो अबरोध भएको छ । हिजो रातीदेखि परेको अबिरल बर्षाको कारण विहान ७ बजेको समयमा जिल्ला पाल्पा बगनासकाली गाउँपालिका ५ राम्दि बजार स्थित सिद्धार्थ राजमार्गमा माथिबाट पहिरो झरी बाटो पुर्णरुपमा अबरुद्ध भएको प्रहरी चैकी राम्दीले जनाएको छ । प्रहरीका अनुसार पहिरो जाँना साथ राम्दी चौकीबाट प्रहरी सहायक निरिक्षक धर्म बहादुर घर्तीकको कमाण्डमा ३ जनाको टोली खटिई बाटो खुलाउन समन्वय भइरहेको प्रहरीले जनाएको छ । लगातारको वर्षातले ठाउँ ठाउँमा बाढी र पहिरो जान सक्ने भएकाले सजग रहन प्रहरीले सबैमा अनुरोध समेत गरेको छ ।
प्रकाशित मिति: आइतबार, असार २७, २०७८  ११:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update