Erani Mahal
रामपुर गिजिङडाँडामा पहिरो जाँदा रामपुर सडक अबरुद्ध
phiro aaad
पाल्पा-जिल्लाको रामपुर गिजिङडाँडामा पहिरो जाँदा रामपुर सडक अबरुद्ध भएको छ । अबिरल बर्षाको कारण पाल्पा रामपुर नगरपालिका ४ गिजिङडाँडा स्थित आर्यभन्ज्याङ -रामपुर पक्कि सडक खण्डमा माथिबाट पहिरो झरी बाटो पुर्ण रुपमा अबरोध भएको प्रहरीले जनाएको छ । बाटो अबरुद्ध भएको भन्ने खबर प्राप्त हुनासाथ तत्काल इलाका प्रहरफ कार्यालय रामपुरबाट प्रहरी सहायक निरिक्षक लक्ष्मी पन्थिको कमाण्डमा २ जनाको टोली खटिई गई बाटो खुलाउनको लागी सडक डिभिजन कार्यालयसँग समन्वय भैरहेको इलाका प्रहरी कार्यालय रामपुरले जनाएको छ ।
प्रकाशित मिति: आइतबार, असार २७, २०७८  ११:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update