Erani Mahal
वन तथा कृषि उद्यम बजार विकास सम्बन्धी तालिम
209749785_524362848805252_2175183834960698206_n
पाल्पा - वन तथा कृषि उद्यमबाट समृद्धि ल्याउन बनका उपभोक्ताहरुलाई बन उद्यम सम्बन्धी तालिम पाल्पाको रामपुरमा चलेको छ । सामुदायिक बन उपभोक्ता समुहले उपभोत्तालाई आर्थिक स्तर उकास्न बन वातावरण क्षेत्रबाट गर्न सकिने बन उद्यम र त्यसको बजार व्यवस्थापन सम्बन्धी सामुदायिक बन महासंघले गरेको तालिममा उपभोक्ताहरुलाई उद्यमबारे जानकारी दिइएको हो । रामपुर नगरपालिकामा हाल ७१ वटा सामुदायिक बन रहेका छन् । नगरका बिभिन्न सामुदायिक बनको प्रतिनिधिहरुलाई बनमा गर्न सकिने फलफुल, जडिबुटी उद्यान र उपभोक्ताले अबलम्बन गरेका बन उद्यमलाई व्यवसायिक रुपमा सघाउन गर्न सकिने पहल एंव बजार र यसको विकास बारे सहजिकरण गरिएको हो । तालिमको उद्घाटन गर्नुहुदै रामपुर नगरपालिकाका नगरप्रमुख रमण बहादुर थापाले बन वातावरण जोगाउन र हरियाली बनाउन सबैले भुमिका खेल्नुपर्नेमा जोड दिनुभयो । उहाँले हाल कालीगण्डकी डाईभर्सनको योजनाले हरियाली कालीगण्डकी बेशी उजाड बन्ने हुँदा सबै एकजुट भएर कालीगण्डकी डाईर्भसनको खेलेर बिरोध गर्न आग्रह गर्नुभयो । ‘‘हामी विकासको बिरोधी होइनौं नगरप्रमुख थापाले भन्नुभयो–विकासको नाममा पाल्पा,स्याङ्गजा, तनहु, नवलपुर र चितवन जिल्लालाई उजाड बनाउने गरि विनास गर्नु मुर्खता हो’’। रामपुर नगरपालिकाका उपप्रमुख बिष्णुदेवी घिमिरे आचार्यले बन उद्यानलाई सामुदायिक बन समुहले अबलम्बन गर्नुपर्ने बताउनुभयो । एक बनले एक उत्पादन गर्दै अर्काेले अर्काे खेती गरि बनबाटै सामुहिक र उपभोक्ताको व्यक्तिगत समृद्धिका लागि समुहले वन उद्यमका गतिबिधि गर्न उहाँले सुझाब दिनुभयो । सामुदायिक बन उपभोक्ता महासंघका केन्द्रिय सदस्य कृष्ण प्रसाद श्रेष्ठले तालिममा सहजिकरण गर्दै हरेक स्थानीय तहले बन वातावरण ऐन बनाएर काम गर्न सक्ने अधिकार पाएको बताउनुभयो । उहाँले रामपुर नगरपालिकाले सामुदायिक बन महासंघको समन्वयमा नगर बन बिद्ययक पास गरेको बताउदै सामुदायिक बनबाट स्थानीय तहले र स्थानीय तहबाट सामुदायिक बन र उपभोक्ताले पाउने अधिकार र काममा सहकार्य हुनु नै वन वातावरण र हराभरा समुदायको परिकल्पना रहेको बताउनुभयो । उहाँले अबका सामुदायिक बनले बन जोगाएर बुढा बुटा बनाउने मात्र नभई वन उद्यान, वन सहकारी र वन गतिविधिबाट आम्दानी लिने गरि नेपालका सामुदायिक बनका गतिविधि विश्व जगतमा चिनाउनुपर्नेमा जोड दिनुभयो । राम्चे सामुदायिक बनका लेखा संयोजक लेखनाथ शर्मा मरासिनीले सहजिकरण गर्दै सामुदायिक बनका राम्रा अभ्यासको अबलम्बन गर्नुपर्ने बताउनुभयो । सोही अबसरमा रामपुर नगरपालिका वडा नम्बर ५ का अध्यक्ष हिमाल मल्ल, १ का अध्यक्ष मित्रलाल कडेंल, रामपुर आयुर्वेद अस्पतालका प्रमुख चेमन प्रकाश पोखरेल, नेपाल पत्रकार महासंघ पाल्पाका उपाध्यक्ष सिर्जना घिमिरे, कोप्चे सामुदायिक बनका अध्यक्ष लेखनाथ पोखरेल लगायतले बोल्दै वन संरक्षणमा लाग्दै उद्यमशिलतामा अबका सामुदायिक बन लाग्न स्थानीय सरकार र बन समुहका नेतृत्वले प्रेरित गर्नुपर्नेमा जोड दिनुभएको थियो । सामुदायिक बन उपभोक्ता महासंघ रामपुरका सचिव लक्ष्मी थापा क्षेत्रीको स्वागतबाट शुरु भएको कार्यक्रम बन महासंघ रामपुरका अध्यक्ष मित्रा ढकालको अध्यक्षता र बन महासंघ निस्दीका अध्यक्ष बिष्णुदेव सोमैले सञ्चालन गर्नुभएको थियो ।
प्रकाशित मिति: शनिबार, असार २६, २०७८  २१:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update