Erani Mahal
पाल्पामा पटक पटकको विद्युत अबरोधले सर्वसाधारण मारमा
no-light
पाल्पा - वर्षात होस या हिउँद बार्ह्रै महिना समस्या रहने पाल्पाको लाइन दुइ दिनदेखि लागतार विद्युत अबरुद्ध हुँदा पाल्पामा सर्वसाधारण मारमा परेका छन् । विद्युत कार्यालय पाल्पाले विना सूचना पटक पटक विद्युत अबरुद्ध गर्दा सर्वसाधारणहरु मारमा परेका हुन् । बुधवार यता पाल्पामा लाइन अबरुद्ध बन्दै गएको छ । यस्तै ग्रामिण क्षेत्रमा समेत वर्षातले जिर्ण काठका पोलका कारण विधुत अबरूद्ध भएको हो । लामो समयसम्म विद्युत अबरुद्ध हुँदा पाल्पामा उद्योगी व्यवसायी गृहणी विद्यार्थी सर्वसाधारण बढी मारमा परेका छन् । यस्तै काेराेना महामारीका कारण अनलाइन माध्यमबाट अध्यापन भइरहको कारण शक्षिक क्रियाकलाप समेत प्रभावित भएको छ । विद्युत नहुँदा संचार समेत कनेक्सन टुटेको छ । मोवाइल चार्ज टिभी रेडियो इन्टरनेट लगायतका संचार सेवा समेत अबरुद्ध बन्न पुगेक छन् । पाल्पाको लाइन वितरण प्रणाली चुस्त नहुने समयमा मर्मत नहुने र लामो जगल पास गरेर ल्याउनु पर्ने हुँदा समस्या बढी रहेको छ । विद्युतका कर्मचारी भने त्यो समस्या समाधानमा लागेका छैनन बरु बुटवलबाट गएको सिस्टममा समस्या रुख हावाहरीको समस्या भन्दै उम्कने गरेका छन् । विद्युतलाइ यस विषयमा बुझ्न खोज्दा सम्पर्क हुन सकेन । कार्यालयकाे फाेनमा फाेन गर्दा सर्वसाधारणलाइ आउने जवाफ भनेकाे बुटवलबाट लाइन गएकाे हाे । भन्ने तर कार्यालयले पटक पटक गर्ने भनेकाे मर्मत र हाँगा कटान समेत प्रभावकारी नहुँदा विद्युतमा समस्या रहेकाे छ । ग्रामिण क्षेत्रमा जीर्ण पाेल राजमार्गमा लथालि‌ग पाल्पाका ग्रामिण क्षेत्रमा काठका जीर्ण पाेल रहेका छन् । यस्तै राजमार्ग क्षेत्रमा खनिएकाे माेटरबाटाे अासपासमा पहिराेमा विद्युतका पाेल यत्र तत्र लथालि‌ग ढलेका छन् । तर त्यसकाे प्रभावकारी व्यवस्थापनमा प्राधिकरण र अन्य निकाय उदासिन रहेका छन् । तानसेन हार्थाेक सडक रामपुर अार्यभन्ज्या झडेवा बाँसटारी र सिद्दार्थ राजमार्गमा विभिन्न स्थानमा पाेलहरु अलपत्र झुन्डिएका अबस्थामा छन् । जसले जाेखिम समेत बढाउने सर्वसाधारणकाे चिन्ता रहेकाे छ ।
प्रकाशित मिति: शनिबार, असार २६, २०७८  २०:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update