Erani Mahal
रामपुरमा फरक क्षमता भएका व्यक्तिलाई मैनबत्ती बनाउने सीप
205646613_805418450346256_3992828724659124371_n
रामपुर - रामपुरमा फरक क्षमता भएका व्यक्तिहरुले मैनबत्ती बनाउने तालिम पाएका छन् । मुख्यमन्त्री ग्रामीण बिकास तथा रोजगार कार्यक्रम अन्तर्गत रामपुर नगरपालिकाले चलाएको तालिममा नगरका १० वटै वडाका अपाङ्गता भएका व्यक्तिहरुले मैनबत्ती बनाउन सिकेका हुन् । अपाङ्गता भएका व्यक्तिहरुको मागको आधारमा चलाइएको तालिममा ११ जना विशेष क्षमता भएका व्यक्तिहरुले मैनबत्ती बनाउन सिकेका छन् । तालिममा बिशेष क्षमता भएकी प्रशिक्षकबाटै तालिम दिलाइएको हो । निलो कार्ड प्राप्त रामपुरकी सिता दमैले आफ्नै जन्मभूमिमा आएर प्रशिक्षक मात्र नभई यहाँका विशेष क्षमताका व्यक्तिहरुको इच्छाशक्ति अनुसार तालिम दिनुभएको हो । हाल दमै काठमाडौंमा बस्नुहुनछ । अबसर भए हामी पनि अरु समान छौं भन्ने सन्देश यस्ता तालिम हुने उहाँले विश्वास व्यक्त गर्नुभयो । तालिमको अबसरमा सहभागीलाई मैन, धागो, डाई लगाएतका मैनबत्ती बनाउन आवश्यक सामाग्रीहरु वितरण गरिएको छ । रामपूर नगरपालिका महिला शाखा प्रमूख पूजा परियारको स्वागत मन्तव्यबाट सुरू भएको तालिम शुभारभ्म कार्यक्रमको सञ्चालन महिला शाखाका सहायक महिला विकास निरिक्षक सिर्जना रेग्मीले गर्नुभएको हो ।
प्रकाशित मिति: शनिबार, असार २६, २०७८  १९:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update