Erani Mahal
शुक्रवार पाल्पामा ४२ जना काेराेना संक्रमित थप भए
coronavirus_
पाल्पा – पाल्पामा शुक्रवार ४२ जना नयाँ सङ्क्रमित थपिएका छन् । ९० जनाको पीसीआर गर्दा २८ जना सङ्क्रमित र ५९ जनाको एनटिजीन परीक्षण गर्दा १४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओमप्रकाश पन्थीले बताउनुभयो । ४२ सङ्क्रमित हुँदा ६२ जना मात्र निको भएका छन् । पाल्पामा हालसम्म ५४५ जना कोरोनाका सक्रिय सङ्क्रमित रहेका छन् । केही दिन यता पाल्पामा काेराेनाकाे सक्रिय सङ्क्रमित बढ्दै गएकाे पन्थीले बताउनुभयो । पाल्पामा केही दिनयता कोरोनाबाट निको हुनेभन्दा सङ्क्रमित हुने मानिसको सङ्ख्या बढ्दै गएको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ । पाल्पामा हालसम्म कोरोनाका कारण ११४ जनाको निधन भईसकेको छ । शु्क्रवार थप दुइ जना पुरुषकाे निधन भएकाे छ । पाल्पामा कुल काेराेना परीक्षण पश्चात संक्रणम देखिएकाे संख्या ७ हजार ५ सय सत्तरी पुगेकाे छ । भने निकाे हुनेकाे संख्या ६ हजार ९ सय ४४ पुगेकाे छ । पाल्पामा कुल सक्रिय ५४५ जना संक्रमितमा हाेम आइसाेलेशनमा ५ सय १ जना एचडियूमा ११ र आइसिइयूमा १ जनाकाे उपचार भइरहेकाे छ । शुक्रवार माथागढीका १७ तानसेनका ६ रामपुरका ९ रम्भा १ बगनासकाली ४ रिब्दीकाेटमा ५ जना गरी २८ पुरुष र १४ महिला गरी ४२ जना थप भएका हुन् ।
प्रकाशित मिति: शुक्रबार, असार २५, २०७८  २१:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update