Erani Mahal
निस्दी झिरुवासको पर्यटन प्रर्वद्धन गर्न काउलेडाँडा गीत (भिडियो सहित)
jjj
पाल्पा - जिल्लाको पछिल्लो समयमा पर्यटकीय गन्तव्यको रुपमा विकास हुँदै गएको पाल्पाको इलामको फिक्कल चिया बगानसँग तुलाना गरिने अम्रिसो बगान क्षेत्र काउले डाँडाको प्रचार प्रसार गर्नको लागि गीत निकालिएको छ । स्थानीय युवाहरुको अग्रसरतामा निस्दी गाउँपालिका ३ काउलेडाँडा, झिरुवास, मित्याल क्षेत्रको पर्यटन प्रर्वद्धनमा गीत निकालिएको हो । गीतमा मित्याल, झिरुवास क्षेत्रको खाँदरको पर्यटकीय कुँडुले घरहरु, अम्रिसो, अदुवा, टिमुर लगायतको स्थानीयको जनजीविकालाई गीत र भिडियो मार्फत देखाइएको छ । जोन राई र ज्ञानु मगरको प्रस्तुति रहेको काउले डाँडा बोलको गीतमा जोन राई, गीता श्रीस र धनु मगरको स्वर रहेको छ । जोहन राई र धनुमगरको लय शव्द संकलन रहेको गीतमा पदम विसीले एरेन्ज र नृत्य निर्देशन होम गुरुंगले गर्नुभएको छ । आरुसी, मौसमी,विन्दास, इमान, कला लगायतको अभिनय रहेको गीतमा झिरुवास खाँदर क्षेत्रमा रहेको काउले डाँडाको अम्रिसो घारीको मनोरम दृष्यहरुको देखाइएको छ । काउले डाँडा घुम्नलाई जाउँला नि चोखो माया त्यही बसी लाउँला नि भन्ने लयको गीतमा काउँले डाँडाको प्राकृतिक, भौगोलिक विविधता र झिरुवास निस्दी क्षेत्रको मगरी संस्कृतिलाई समेत दर्शान खोजिएको गीतका गायक जोन राईले रानीमहललाई बताउनुभयो । हेर्नुहोस् पूरा भिडियो :
प्रकाशित मिति: शुक्रबार, असार २५, २०७८  २०:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update