Erani Mahal
पाल्पामा फेरी बढ्याे काेराेना संक्रमण एकैदिन १ सय १५ जना थप !
corona
पाल्पा – पाल्पामा विहिवार पाल्पामा एकैदिन ११५ जना नयाँ सङ्क्रमित थपिएका छन् । याे संख्या निषेधाञा खुकुलाे बनाएसँगै भएकाे सबैभन्दा बढी संक्रमणा हाे । ५० जनाको पीसीआर गर्दा १९ जना सङ्क्रमित र २९५ जनाको एनटिजीन परीक्षण गर्दा ९६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओमप्रकाश पन्थीले बताउनुभयो । विहिवार १ सय १५ जना सङ्क्रमित हुँदा ६८ जना मात्र निको भएका छन् । पाल्पामा हालसम्म ५७६ जना कोरोनाका सक्रिय सङ्क्रमित रहेका छन् । केही दिन यता पाल्पामा काेराेनाकाे सक्रिय सङ्क्रमित बढ्दै गएकाे पन्थीले बताउनुभयो । पाल्पामा केही दिनयता कोरोनाबाट निको हुनेभन्दा सङ्क्रमित हुने मानिसको सङ्ख्या बढ्दै गएको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ । पाल्पामा हालसम्म कोरोनाका कारण ११२ जनाको निधन भईसकेको छ । पाल्पामा कुल काेराेना परीक्षण पश्चात संक्रणम देखिएकाे संख्या ७ हजार ५ सय सत्तरी पुगेकाे छ । भने निकाे हुनेकाे संख्या ६ हजार ८ सय ८२ पुगेकाे छ । पाल्पामा कुल सक्रिय ५७६ जना संक्रमितमा हाेम आइसाेलेशनमा ५ सय २५ जना एचडियूमा ९ र आइसिइयूमा २ जनाकाे उपचार भइरहेकाे छ । विहिवार रामपुरमा १० रैनादेवी छहरामा १ रम्भामा ३ बगनासकालीमा ७ रिब्दीकाेटमा ८० जना र तानसेन नपा तथा अस्पतालमा ११ जना गरी ४२ पुरुष र ७३ महिला गरी १ सय १५ जना थप भएका हुन् ।
प्रकाशित मिति: बिहीबार, असार २४, २०७८  २१:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update