Erani Mahal
१५ घण्टादेखि अबरुद्ध सिद्धार्थ राजमार्ग एकतर्फी सुचारु
YATAYAT
पाल्पा– बुधवार रातीदेखि अबरुद्ध सिद्धार्थ राजमार्गको पाल्पा बुटवल सडक खण्डकाे तिनाउँ गिट्टिखानी क्षेत्रकाे पहिरो हटाइएको छ । पहिरो हटाएसँगै एकतर्फ रुपमा यातायात सुचारु भएको छ । स्थानीय युवा कृष्ण पाण्डेयले घटना स्थलबाट दिएको जानकारी अनुसार तिनाउँ ५ गिट्टी खानी नजिकै गएको पहिरोमा परी २ जनाको निधन भएको छ भने बाटो समेत विहान देखि नै अबरुद्ध भएको थियो, उहाँका अनुसार बाटो एकतर्फी रुपमा साना सवारीका साधन संचालन गर्न मिल्ने गरेर सुचारु भएको छ । उहाँका अनुसार डोजरले बाटोको पहिरो र ढुंगा हटाउने काम सकिएकोले एकतर्फी रुपमा सवारी साधन चल्न थालेको रानीमहललाई बताउनुभयो । अहिले पहिरो क्षेत्रको मार्गमा यात्रु तथा मोटरसाइकल र साना सवारी क्रस गर्न मिल्ने भएको छ । केही समयमै सबै सवारी स‌‌चालन हुने गरी एकतर्फी बाटो खुल्नेछ । गत रातीदेखि झरेको पहिरोले अबरुद्ध सडकमा हजारौं सवारीहरु दुवैतर्फ लाइनमा लागेका छन् । जसका कारण सर्वसाधारणलाई गन्तव्यतर्फ पुग्न समेत समस्या भएको प्रहरीले जनाएको छ । प्रहरी, स्थानीय, सडक डिभिजनको समन्वयमा बाटो खुलाउने काम भएको हो । अहिले पानी पर्न रोकिएकाले पनि सडक खुलाउन सहज भएको हो । पहिरो ग्रस्त क्षेत्रमा तिनाउँ गाउँपालिका र नेपाल रेडक्रस सोसाइटीले राहत उपलव्ध गराएको छ । तस्विरहरु कृष्ण पाण्डेयकाे सहयाेगमा ।
प्रकाशित मिति: बिहीबार, असार २४, २०७८  १९:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update