Erani Mahal
सिद्धार्थ राजमार्गको तिनाउँको पहिरो हटाउने क्रम अन्तिम : मोटरसाइकल क्रस हुँदै
TINAU PAHIRO
पाल्पा– विहानदेखि अबरुद्ध सिद्धार्थ राजमार्गको पहिरो हटाउने क्रम तीव्र रुपमा चलेको छ । स्थानीय युवा कृष्ण पाण्डेयका अनुसार तिनाउँ ५ गिट्टी खानी नजिकै गएको पहिरोमा परी २ जनाको निधन भएको छ भने बाटो समेत विहान देखि नै अबरुद्ध भएको छ । उहाँका अनुसार डोजरले बाटोको पहिरो र ढुंगा हटाउने काम अन्तिममा पुगेको छ । अबको केही समयमै पहिरोा हटाउने काम सकिने उहाँले रानीमहललाई बताउनुभयो । अहिले पहिरो क्षेत्रको मार्गमा यात्रु तथा मोटरसाइक क्रस गर्न मिल्ने भएको छ । केही समयमै सबै सवारी खुल्ने गरी एकतर्फी बाटो खुल्नेछ । गत रातीदेखि झरेको पहिरोले अबरुद्ध सडकमा हजारौं सवारीहरु दुवैतर्फ लाइनमा लागेका छन् । जसका कारण सर्वसाधारणलाई गन्तव्यतर्फ पुग्न समेत समस्या भएको प्रहरीले जनाएको छ । प्रहरी, स्थानीय, सडक डिभिजनको समन्वयमा बाटो खुलाउने काम भइरहेको हो । अहिले पानी पर्न रोकिएकाले पनि सडक खुलाउन सहज भएको हो ।
प्रकाशित मिति: बिहीबार, असार २४, २०७८  १८:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update