Erani Mahal
अविरल वर्षात सँगै झरेको पहिरोले सिद्धार्थ राजमार्ग अबरुद्ध
phiro aaad
पाल्पा - बुधवार रातीदेखि लगातार परेको वर्षातका कारण पाल्पामा सिद्धार्थ राजमार्ग अबरुद्ध भएको छ । जिल्लाको तिनाउँ गाउँपालिका गिट्टी खानी नजिकै बाढी सहितको पहिरोले राजमार्ग अबरुद्ध भएको छ । यहाँ राजमार्ग अवरुद्धसँगै पाँच घर बगाएको छ । एक जनाको मृत्यू भएको छ भने एक जना वेपत्ता सहित ८ जना घाइते भएका छन् । यस्तै सिद्धार्थ राजमार्गको राम्दी आर्यभञ्ज्यांग खण्डको पिलपडाँडा सेरामा पहिरो जाँदा बाटो अबरुद्ध भएको छ । पहिरो हटाउनको लागि स्थानीय सरकार, सडक डिभिजन कार्यालयसँग समन्वय भइरहको प्रहरीले जनाएको छ । पानी लगातार परिरहेका कारण पनि सडक खुलाउन समस्या भएको प्रहरीले जनाएको छ । यात्राको क्रममा सडकको अवस्था र मौसम ख्याल गरेर मात्रै यात्रा गर्न प्रहरीले सर्वसाधारणमा अनुरोध समेत गरेको छ ।
प्रकाशित मिति: बिहीबार, असार २४, २०७८  १०:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update