Erani Mahal
तिनाउँ पहिरो अपडेट : एक मृत्यू , एक बेपत्ता, ८ घाइते नामावली सहित !
phiro aa
पाल्पा– पाल्पाको तिनाउँमा गएको पहिरो सहितको बाढीका कारण पाँच घरमा क्षति पुगेको छ । जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी योगेन्द्र प्रसाद पाण्डेयका अनुसार तिनाउँ गाउँपालिकाको सिद्धार्थ राजमार्ग अन्तर्गत गिट्टी खानी स्थित पहिरो जाँदा ५ घरमा पूर्ण रुपमा क्षति पुगेको छ । पहिरोमा परी एकजनाको मृत्यू भएको छ भने १ जना वेपत्ता भएका छन् । यस्तै ८ जना घाइते भएको प्रहरी नायव उपरिक्षक रामेश्वर त्वातीले जानकारी दिनुभयो । उहाँका अनुसार तिनाउ गाउँपालिका ५ गिट्टिखानी बस्ने अन्दाजी ४० वर्षको बिर बहादुर गुरुङको घर भत्किन जाँदा च्यापिन गई घरभित्रै मृत्यु भएको छ । पहिरोमा परी सोही स्थानमा बस्ने रमेश परियारको छोरा बर्ष ४ को आरोप परियार घरबाट सुरक्षित स्थानमा भाग्ने क्रममा बेपत्ता भएका छन् । यस्तै घटनामा सोही स्थानमा बस्ने बर्ष ७५ की सुन्दरी गुरुङ घाइते हुनुभएको छ । उहाँको अबस्था सिरियस रहेको छ । यस्तै पहिरोले स्थानीय बर्ष २६ को रमेश परियार, २४ वर्षकी पुजा परियार, ५० वर्ष को बल बहादुर पुन, २० वर्ष को आकाश तामाङ, २२ वर्षको दिल बहादुर राना र दिपेश पुन घाइते हुनुभएको छ । उहाँहरुको अवस्था सामान्य नै रहेको छ । घाइतेको लुम्बिनी मेडिकल कलेजमा उपचारको लागि ल्याइएको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: बिहीबार, असार २४, २०७८  ०९:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update