Erani Mahal
पाल्पाकाे तिनाउमा पहिराे : ५ घर बगायाे एककाे मृत्यू, ८ जना घाइते !
phiro aaad
पाल्पा - पाल्पाको तिनाउ गाउँपालिका-५ मा पहिरोले ५ घर बगाउँदा एक जनाको मृत्यु भएको छ भने एक बालक बेपत्ता भएका छन् । तिनाउ गाउपालिका ५ चोबिस किलोको ढुंगाखानी भन्ने ठाउमा पहिरो जादा ४५ वर्षीय वीरबहादुर गुरुङको पहिरोमा पुरिएर मृत्यु भएको र स्थानीय पूजा परियारका चार वर्षीय छोरा बेपत्ता भएको पाल्पाका प्रमुख जिल्ला अधिकारी योगेन्द्र प्रसाद पाण्डेले बताउनुभयाे । घटनास्थलसम्म पुग्ने बाटो अवरुद्ध भएकाले प्रहरीको टोली पुग्न नसकेको पाण्डेले बताउनुभयाे । ‘प्रहरीको टोलीलाई पैदल पठाइएको छ तर जताततै पहिरो गएकाले घटनास्थलसम्म प्रहरीको टोली केही समय लागेकाे थियाे,’ पाण्डेले भन्नुभयाे, ‘एक जनाको मृत्यु र एक जना बच्चा बेपत्ता भएको सूचना भने आएको छ ।’ पहिरोले नरबहादुर राना, आकाश तामाङ, हरि दर्लामी, वीरबहादुर गुरुङ र रमेश परियारको घर पहिरोले बगाएको छ । पहिरोले सिद्धार्थ राजमार्ग पनि अवरुद्ध भएको छ । दोभान प्रहरी चौकीका अनुसार सिद्धबाबा, झुम्सा, कालिमाटी लगायतका स्थानमा पहिरो खसेर बाटो अवरुद्ध भएको छ । ्र तस्विर तिनाउँ विपद खाेज समितिकाे सहयाेगमा ।
प्रकाशित मिति: बिहीबार, असार २४, २०७८  ०९:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update