Erani Mahal
पाल्पामा उकालाे लाग्दै काेराेनाकाे संक्रमण : बुधवार ७० जना थपिए
corona-gg
पाल्पा – पाल्पामा बुधवार ७० जना नयाँ सङ्क्रमित थपिएका छन् । ५३ जनाको पीसीआर गर्दा २४ जना सङ्क्रमित र ११३ जनाको एनटिजीन परीक्षण गर्दा ४६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओमप्रकाश पन्थीले बताउनुभयो । बुधवार ३७ जना सङ्क्रमित हुँदा ३९ जना मात्र निको भएका छन् । पाल्पामा हालसम्म ५२९ जना कोरोनाका सक्रिय सङ्क्रमित रहेका छन् । केही दिन यता पाल्पामा काेराेनाकाे सक्रिय सङ्क्रमित बढ्दै गएकाे पन्थीले बताउनुभयो । पाल्पामा केही दिनयता कोरोनाबाट निको हुनेभन्दा सङ्क्रमित हुने मानिसको सङ्ख्या बढ्दै गएको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ । पाल्पामा हालसम्म कोरोनाका कारण ११२ जनाको निधन भईसकेको छ ।
प्रकाशित मिति: बुधबार, असार २३, २०७८  १८:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update