Erani Mahal
पाल्पाकाे चर्चरेमा ट्रिपर दुर्घटना हुँदा एक जनाकाे मृत्यु
tiper
पाल्पा - पाल्पाकाे तिनाउ गाउँपालिका–५, चरचरे मा ट्रिपर दुर्घटना हुँदा एक जनाकाे मृत्यु भएकाे छ । बुधबार बिहान सिद्धार्थ राजमार्ग अन्तर्गतकाे चर्चरेमा टिपर दुर्घटना हुँदा टिपर चालक पुर्वखोला गाउँपालिका –५ बिरकोटका २६ वर्षीय सुदिप गैरेकाे मृत्यु भएकाे प्रहरीले जनाएकाे छ । चुनढुङ्गा लोड गरी पाल्पाबाट बुटवलतर्फ जाँदै गरेको लु २ ख ८२० नंम्वरको एआर कन्स्ट्रक्सन टिपर सिद्धार्थ राजमार्गमा दुर्घटना भएको प्रहरीले जनाएकाे छ । टिपर सडकदेखि ३ सय मिटर तल खोलामा खस्न पुग्दा गैरे घाइते भएका थिए । घाइते भएका गैरेलाई उपचारका लागि लुम्बिनी मेडिकल कलेज प्रभास ल्याइएपनि चिकित्सकले गैरेलाइ मृत घोषणा गरेका थिए । घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक रामेश्वर त्वाती जानकारी दिनुभएकाे छ ।
प्रकाशित मिति: बुधबार, असार २३, २०७८  १०:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update