Erani Mahal
रिब्दीकाेटमा गाउँशिक्षा समितिकाे समीक्षा बैठक सम्पन्न
ribdikot
पाल्पा - रिब्दीकाेट गाउँपालिकाभित्रका विद्यालयमा भएकाे जुम कक्षाकाे बारेमा समीक्षा बैठक सम्पन्न भएकाे छ । रिब्दीकाेटले मावि तहमा संचालन गर्दै आएकाे जुक कक्षाकाे बारेमा गाउँ शिक्षा समितिकाे बैठकमा समीक्षा भएकाे हाे । बैठकमा गत असार १६ गतेदेखि संचालनमा आएकाे जुम कक्षामा ३७ प्रतिशत विद्यार्थी सहभागी भएकाे र कक्षा प्रभावकारी बन्दै गएकाे बेठकमा सहभागी शिक्षकहरूले जानकारी गराउनुभएकाे थियाे । यस्तै बैठकमा माविसहित तल्ला कक्षाहरू समेत वैकल्पिक विधिबाट संचालन गर्न विद्यालयहरूले नै सहजीकरण गर्ने बारेमा छलफल भएकाे र सिकाइलाइ निरन्तरता दिनुपर्ने निर्णय गरिएकाे शिक्षा शाखा प्रमुख मणी खनालले बताउनुभयाे । बैठक गाउँपालिकाका अध्यक्ष नारायणबहादुर जिसीकाे अध्यक्षतामा बसेकाे हाे ।
प्रकाशित मिति: मंगलबार, असार २२, २०७८  २२:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update