Erani Mahal
सरकार ‘चाहियो’ म्युजिक भिडियो सार्वजनिक (भिडियाे सहित)
kkk
पाल्पा – पाल्पामा लामाे समय पत्रकारिता क्षेत्रमा क्रियाशिल पत्रकार सतिश चापागाइकाे लेख्नुभएकाे सरकार चाहियाे बाेलकाे गीत सार्वजनिक भएकाे छ । हाल अमेरिकामा रहनुभएका चापागाइले नेपालको परिस्थितिका बारेमा देशभक्ति गीत ‘सरकार चाहियो’को लेख्नुभएकाे हाे । यो भिडियोलाई संचारकर्मी तथा निर्देशक रामजी ज्ञवालीले निर्देशन गर्नुभएकाे छ । ज्ञवालीले यसअघि डार्क मुन, एक लभर, लक डाउन लगायत झण्डैं १ दर्जन सर्ट फिल्मको निर्देशन गरिसक्नुभएकाे छ । सार्वजनिक सरकार चाहियो बोलको गीतमा संगीतकार तथा गायक शिशिर योगीको शब्द संगीत समेटिएको छ । गीतको संगीत संयोजन बीबी अनुरागीले र मिक्सिन माष्टरिंग श्याम श्वेत रसालीले गरेका हुन् भने प्रिज्मा रेकर्डिङमा गीत रेकर्ड भएको हो। मिलन श्रेष्ठले सम्पादन गरेको म्युजिक भिडियोमा बरिष्ठ कलाकारहरु सुरवीर पण्डित र रश्मी भट्टराईसँगै कलाकार जिवि चिरन लगायतको अभिनय देख्न सकिन्छ । संकल्प भुजेल र अशोक थापाले खिचेको भिडियोलाई राम्रो इन्टरटेनमेन्टले निर्माण गरेको हो । कोरोना महामारीका कारण देश लकडाउनमा थियो, निर्देशक ज्ञवालीले भन्नुभएकाे छ, ‘गीत छायांकन गर्न र निर्माण गर्न निकै गाह्रो अवस्था थियो । तथापी देशको हालको अवस्थामा यो गीत सार्वजनिक गर्नुको अर्थ राम्रो जाने सोच अनुसार हतार हतारमा भिडियो निर्माण गरेर सार्वजनिक गर्न वाध्य भएका हौं ।’ काभ्या थापाको मेकअप, नेप्लिज डायस्पोराको लगानीमा निर्माण भएको गीतको भिडियोमा राजेन्द्र मोक्तानको कलर ग्रेडिङ रहेको छ । गीतले लामो समयदेखिको नेपालको अवस्थालाई चित्रण गरेको छ । भिडियो औषतमा राम्रो बनेको छ । भिडियो हेर्नुहाेस् : https://www.youtube.com/watch?v=r0BABZlQWh8
प्रकाशित मिति: मंगलबार, असार २२, २०७८  २०:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update