Erani Mahal
तानसेनको वडा नं. ४ मा सिसि टिभी जडान
dd
पाल्पा - तानसेन नगरपालिका वडा नं. ४ का विभिन्न स्थानमा सिसि टिभि जडान गरिएको छ । व्यवसायी तथा स्थानीयको माग र सुरक्षालाई ध्यानमा दिदैं वडा कार्यालय, विशालबजार, हुलाक चोक लगायतका स्थानमा सिसि टिभि क्यामेरा जडान गरिएको कावा वडा अध्यक्ष गणेश थापाले बताउनुभयो । उहाँका अनुसार अन्य स्थानमा समेत क्रमश ः सिसि टिभि जडानको काम गरिने छ । तानसेनको हुलाक चोकमा टिभी मार्फत तानसेनको पर्यटकीय स्थलहरुको अवलोकन गर्ने समेत व्यवस्था मिलाइएको उहाँले बताउनुभयो । तानसेन नगरपालिका वडा नं ४ आ.व. २०७७/०७८ को वडा स्तरीय योजना अनुसार वडा भित्रका चोकमा सि.सि. क्यामरा जडान गर्ने कार्यक्रम सम्पन्न गरिएको उहाँले बताउनुभयाे । स्थानीय बासिको माग बमोजिम र फोहोरमैला जथाभावी फाल्ने प्रवृत्तिले वातावरण प्रदूषित तथा रोकथामका लागि यसले ठूलो मद्दत पुग्ने गरेको थापाले रानीमहललाइ बताउनुभयाे । हुलाक चोक,एन. आइ.सि.एसिया बैंक, विशाल बजार,वडा कार्यालय अगाडि जडान गरिएको र आगामी दिनहरूमा थप गरिदै लगिने लक्ष्य राखिएको उहाँले बताउनुभयाे ।
प्रकाशित मिति: मंगलबार, असार २२, २०७८  १८:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update