Erani Mahal
मंगलवार पाल्पामा ३७ जना काेराेनाका विरामी थप !
Corona virus
पाल्पा – पाल्पामा मंगलवार ३७ जना नयाँ सङ्क्रमित थपिएका छन् । ६५ जनाको पीसीआर गर्दा ३० जना सङ्क्रमित र ४९ जनाको एनटिजीन परीक्षण गर्दा ७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओमप्रकाश पन्थीले बताउनुभयो । म‌गलवार ३७ जना सङ्क्रमित हुँदा १७ जना मात्र निको भएका छन् । पाल्पामा हालसम्म ४९९ जना कोरोनाका सक्रिय सङ्क्रमित रहेका छन् । केही दिन यता पाल्पामा काेराेनाकाे सक्रिय सङ्क्रमित बढ्दै गएकाे पन्थीले बताउनुभयो । पाल्पामा केही दिनयता कोरोनाबाट निको हुनेभन्दा सङ्क्रमित हुने मानिसको सङ्ख्या बढ्दै गएको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ । पाल्पामा हालसम्म कोरोनाका कारण १११ जनाको निधन भईसकेको छ ।
प्रकाशित मिति: मंगलबार, असार २२, २०७८  १७:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update