Erani Mahal
पाल्पाका तीन स्वास्थ्य संस्थालाई एसबिआइ बैँककाे बेड सहयोग
IMG_7396
पाल्पा – तानसेनस्थित एसबिआइ बैँकले जिल्लाका तीन स्वास्थ्य संस्थालाई बिरामीको उपचार गर्ने बेड सहयोग गरेको छ । कोरोना महामारीमा बिरामी उपचार गर्न सहयोग पुगोस् भनेर पाल्पा अस्पताल पाँच वटा र खस्यौली प्राथमिक स्वास्थ्य केन्द्र र ताहुँ प्राथमिक स्वास्थ्य केन्द्रलाई एक/एक वटा बेड सहयोग गरेको बैँकले जनाएको छ । बैँकको संस्थागत उत्तरदायित्व अन्तर्गत अस्पताल तथा स्वास्थ्य केन्द्रलाई बिरामीको उपचार गर्न आवश्यक पर्ने फोल्डिङ् बेड सहयोग गरिएको बैँकका पाल्पा शाखा प्रवन्धक वसन्त गुँरागाइले जानकारी दिनुभयो । बेड हस्तान्तरण कार्यक्रममा बोल्नुहुँदै रिब्दीकोट गाउँपालिकाका अध्यक्ष नारायणबहादुर जिसीले कोरोनाबाट मानिसहरू अझै सचेत नभएकाले यसबाट बच्न सबै नागरिकलाई सचेत बनाउनुपर्नेमा जोड दिनुभयो । पाल्पाका प्रमुख जिल्ला अधिकारी योगेन्द्रप्रसाद पाण्डेयले कोरोना महामारीको बेलामा विभिन्न संघसंस्थाको सहयोगले जिल्लामा फैलिएको कोरोनालाई नियन्त्रण गर्न सहयोग पुगेको बताउनुभयो । यस्तै स्वास्थ्य कार्यालय पाल्पाका प्रमुख नारायण चौधरीले महामारीमा सरकार सहित अन्य गैरसरकारी संस्थाले समेत सहकार्य गरेकोमा धन्यवाद दिनुभयो । यसअघि पनि स्वास्थ्य कार्यालय पाल्पाको पहलमा पाल्पा संगम अमेरिका लगायतका विभिन्न संघसंस्थाको पहलमा अक्सिजन कन्सन्टेटर, अक्सिमिटर, बेड, मास्क, स्यानिटाइजर, सिलिण्डर सहयोग प्राप्त भएको स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओमप्रकाश पन्थीले जानकारी दिनुभयो ।
प्रकाशित मिति: मंगलबार, असार २२, २०७८  १३:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update