Erani Mahal
रामपुर नगरपालिकाद्वारा लैङ्गिक हिंसा निवारण कोषबाट  पीडितलाई सहयोग
211709178_338588091107831_2919057090173240838_n
पाल्पा - लैङ्गिक हिंसा निवारण कोष नियमावली २०७७ निर्माण गरि रामपुर नगरपालिकाले लैङ्गिक हिंसामा परेका बिपन्नलाई सहयोग गरेको छ । स्थानीय तहमा गतबर्ष नै लैङ्गिक हिंसा निवारण कोष नियमावली निर्माण गरेको रामपुर नगरपालिकाले नगरमा परेका निबेदनको छानबिनको आधारमा नगरका विभिन्न वडाका ७ जना लैङ्गिक हिंसा पिडित व्यक्तिहरुलाई कोषबाट रकम सहयोग गरेको हो । नियमावली कार्यान्वयनमा तत्काल राहत तथा उद्धार समिति निर्माण गरेर त्यस्ता प्रकृतिका लैङ्गिक हिंसामा परेका बिपन्न समुदायहरुलाई सहयोग गर्ने गरि कोष संचालनमा आएको हो । लैङ्गिक हिंसा निवारण कोष संचालन नियमावली २०७७ को परिच्छेद ४ को नियम ११ को उपनियम १ बमोजिम हिंसामा परि विभिन्न अबस्थाले अन्यको सहारामा रहेका तथा घरखर्च चलाउन समस्या भएका उनीहरुलाई स्वास्थ्य उपचार तथा दैनिक उपभोग्य बस्तु खरिदको लागि नगद रकम सहयोग गरेको नगरपालिका तत्काल राहत तथा उद्धार समितिका संयोजक तथा नगरपालिकाका उपप्रमुख बिष्णुदेवी घिमिरे आचार्यले बताउनुभयो । तत्काल राहत तथा उद्धार समितिले रामपुर नगरपालिका ८ की मतिसरा दमैलाई औषधी उपचार सहयोग स्वरुप नगद १० हजार, रामपुर ५ कि पदं कुमारी श्रेष्ठलाइ खाद्यन्न व्यवस्थापनमा १० हजार, रामपुर नगरपालिका ४ कि गोपी दमैलाई खाद्यन्न व्यवस्थापन र औषधी उपचारमा १० हजार र नातिनातिनाको लालनपालन गर्दै आउनुभएकोमा बालबालिकालाई पोषणयुक्त खानेकुरामा ४ हजार गरि १४ हजार, रामपुर नगरपालिका ४ कै हुमाकान्ती दमेनीलाई खाद्यन्न व्यवस्थापन तथा औषधी उपचारमा १६ हजार, रामपुर ३ की भेम कुमारि न्यौपानेलाई खाद्यन्न व्यवस्थापन र बालबालिकालाई पोषणयुक्त खानेकुरा गरेर १४ हजार रूपया सहयोग गरेको हो । त्यस्तै रामपुर नगरपालिका ५ की डिल माया घर्तिलाई खाद्यन्न व्यवस्थापनमा १० हजार रुपैया र रामपुर ४ कि ठगिसरा सोमैलाई औषधी उपचार सहयोग, खाद्यन्न व्यवस्थापन र कानूनी सहायता बापत गरि २६ हजार उपया सहयोग गरेको हो । अति विपन्न वर्गका लैगिंक हिसा पिडित व्यक्तिहरुलाई रकम हस्तान्तरण गर्दै रामपुर नगरपालिकाका नगरप्रमुख रमण बहादुर थापाले समस्या भोग्न बाध्य नागरिकको तत्कालको हितको लागि नगरपालिकाले सहयोग गरेको बताउनुभयो । " दैनिकीमा सहज होस् भनेरहिंसा पिडितलाई सहयोग गरेको बताउदै नगर उपप्रमुख घिमिरेले भन्नुभयो- पाएको रकमले जाड रक्सी खाने देखि गलत काममा लगाउने नभई भान्सालाई चाहिने सामान किनेर घरखर्च चलाउनहोस्"। रामपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिराम नागिलाले हिंसा सहन बाध्य नागरिकको अबस्थामा केही सहज तुल्याउन हिंसा निवारण कोषले सहयोग गरेको बताउदै प्राप्त रकमको सही सदुपयोग गर्न अनुरोध गर्नुभयो । तत्काल राहत तथा उद्धार समिति सदस्य पबित्रा पौडेलले लैङ्गिक हिंसामा परेका आर्थिक बिपन्नताले जीवन धान्न धौ-धौ परेका महिला पुरुषले समितिमा निवेदन दिन सक्ने र समितिले यसबारे बुझेर साच्चिकै पिडितलाई केही सहयोग गर्न सक्ने बताउनुभयो । रकम बितरण कार्यक्रमको संचालन समितिका सदस्य-सचिव पुजा परियारले गर्नुभएको हो ।
प्रकाशित मिति: सोमबार, असार २१, २०७८  २०:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update