Erani Mahal
पाल्पामा खुकुलो निषेधाज्ञा के खुल्ने के नखुल्ने : निर्णय सहित
Image (5)
पाल्पा– गत बैशाख १७ गतेदेखि जारी निषेधाज्ञा ३१ गतेसम्म थप गरेको छ । एक साता थप गरिएको निषेधामा केही प्रावधान खुला राखिएको छ । पाल्पामा अत्यावश्यक सेवाहरु चौविसै घण्टा खुल्नेछन् । यस्तै सबै प्रकारका पसलहरु ३ बजेसम्म खुल्ने भएका छन् । यस अघि बन्द रहेका होटल तथा व्यवसायहरु ीवहान ७ देखि साँझ ७ बजेसम्म खुल्ने भएको छ । यसैगरी सरकारी कार्यालय, बैंक तथा वित्तिय संस्था समेत सम्पूर्ण रुपमा खुल्ने भएको छ । यस्तै सार्वजनिक यातायात सेवा बन्द रहने भएको छ भने निजी सवारी साधनहरु आन्तरिक मात्रै संचालन गर्न पाइने भएको छ । विद्यालय कलेज तथा धार्मिक स्थलहरु, पार्लर, शैलुन लगायतका स्थानहरु भने बन्द नै रहने भएको छ । हेर्नुहोस पाल्पा प्रशासनले गरेको निर्णय ः
प्रकाशित मिति: सोमबार, असार २१, २०७८  १७:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update