Erani Mahal
पाल्पामा १७ जना काेराेना संक्रमित निकाे २३ जना नयाँ थपिए
1585316796corona-test-lab-1
पाल्पा – पाल्पामा आइतवार १७ जना नयाँ सङ्क्रमित थपिएका छन् । २४ जनाको पीसीआर गर्दा ५ जना सङ्क्रमित र ३४ जनाको एनटिजीन परीक्षण गर्दा १८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओमप्रकाश पन्थीले बताउनुभयो । आइतवार २३ जना सङ्क्रमित हुँदा १७ जना मात्र निको भएका छन् । पाल्पामा हालसम्म ५०१ जना कोरोनाका सक्रिय सङ्क्रमित रहेका छन् । केही दिनअघि चार सय जनाको सङ्ख्यामा सक्रिय सङ्क्रमित रहेकामा पुनः बढेर ५०१ पुगेको पन्थीले बताउनुभयो । पाल्पामा केही दिनयता कोरोनाबाट निको हुनेभन्दा सङ्क्रमित हुने मानिसको सङ्ख्या बढ्दै गएको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ । पाल्पामा हालसम्म कोरोनाका कारण १११ जनाको निधन भईसकेको छ ।
प्रकाशित मिति: आइतबार, असार २०, २०७८  १९:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update