Erani Mahal
राम्चे सामुदायिक वनले बाड्यो उपभोक्तालाई फलफूलका बिरुवा
falful biruwa
पाल्पा- राम्चे सामुदायिक वन उपभोत्ता समुहले वन उपभोक्तालाई फलफूलका बिरुवा वितरण गरेको छ । भूक्षय तथा जलाधार व्यवस्थापन कार्यालय पाल्पाको सहयोगमा १ हजार दुई २ सय आँप, लिचि कागतीका बिरुवा उपभोक्तालाई वितरण गरेको हो । सामुदायिक वन महासंघका केन्द्रिय सदस्य कृष्णप्रसाद श्रेष्ठ, राम्चे सामुदायिक वन समुहका अध्यक्ष दयाराम गैरेले उपभोत्तालाई बिरुवा बाड्दै शहरीकरण बढेको रामपुरमा बिरुवा जोगाएर हरियाली बनाउन आफुहरु लाग्नुपर्नेमा जोड दिनुभयो । वन महासंघका केन्द्रिय सदस्य श्रेष्ठले वातावरण संरक्षणमा फलफूलले महत्वपुणर् भुमिका खेल्ने बताउदै पछिल्लो समय फलफुल लिन उपभोक्ताको आकर्षण बढेको बताउनुभयो । उपभोक्ता समुहका उपाध्यक्ष श्यामकुमार श्रेष्ठको स्वागतबाट सुरु भएको कार्यक्रमको संचालन सचिव राधिका भण्डारीले गर्नुभएको हो । कागती, आँप, लिचि गरी चार/चार सय विरुवा प्रति उपभोक्तालाई एक/एक वटाका दरले वितरण गरेको हो । त्यस्तै रामपुर नगरपालिका वडा नं ८ स्थित रानीवन सामुदायिक वन समुहलाई एक सय विरुवा राम्चे सामुदायिक वनले उपलब्ध गराएको छ ।
प्रकाशित मिति: आइतबार, असार २०, २०७८  १३:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update