Erani Mahal
लकडाउन खुकुलो भएसँगै पाल्पामा कोरोना संक्रमण दर दोब्बरले बढ्यो
corona
पाल्पा - पाल्पामा एकसाता एता लकडाउन खुकुलो बनाएसँगै कोरोना संक्रमितको दर समेत बढेको छ । पाल्पामा पछिल्लो एक हप्ता अगाडि २५।३० प्रतिशतमा झरेको कोरोना संक्रमण दर अहिले ५० प्रतिशतमा पुगेको छ । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार पाल्पामा अहिले कोरोना संक्रमण दर ग्राफ उकालो लाग्दै गएको छ । अहिले ५० प्रतिशतमा कोरोना संक्रमण देखिएको छ । शुक्रवार ४० जनाको पिसिआर गर्दा २० जनामा कोरोना देखिएको थियो । यस्तै शनिवार १५ जनाको एन्टिजेन परीक्षणमा ८ जनामा संक्रमण देखिएको छ । यस्तै पिसिआरमा पनि संक्रमण दर बढ्दै गएको स्वास्थ्य कार्यालयले जनाएको छ । गाउँगाउँमा समेत ज्वरो र रुघाखोकीका विरामीहरु बढ्दै गएकोले कोरोनासँग मिल्दो जूल्दो लक्षण भएका कारण कोरोना संक्रमण दर बढ्ने अनुमान समेत छ । पाल्पामा एकहप्ता एता लकडाउन समेत खुला गरिएको छ । विहान १२ बजेसम्म पसल खोल्ने, नीजि सवारीहरु समेत चलेका छन् यस्तै बैंक तथा वित्तिय संस्था, सरकारी कार्यालय, पालिकाहरुमा अहिले असारमसान्त नजिएका कारण तीव्र भीड बढ्दै गएको छ । स्वास्थ्य मापदण्डहरु नअपनाउने र सर्वसाधारणले लापरवाही गर्दै गएको, अनुगमन गर्ने निकायको फितलो नियगमनका कारण कोरोनाको जोखिम थप बढ्दै गएको छ । काेराेनाकाे परीक्षण दर बढाउने र संक्रमितहरु आइसाेलेशनमा बस्नुपर्नेमा केही संक्रमितहरु चेकजाँच बिना नै बजार हिड्ने गरेकाेले समेत काेराेनाकाे महामारी थप फैलिन सक्ने भएकाले सराेकारवालाकाे ध्यान जानुपर्ने देखिन्छ ।
प्रकाशित मिति: शनिबार, असार १९, २०७८  २०:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update