Erani Mahal
पाल्पामा शनिवार ६५ जना काेराेना संक्रमित निकाे, १४ जना थपिए
corona1
पाल्पा – पाल्पामा शनिवार १४ जना नयाँ सङ्क्रमित थपिएका छन् । २५ जनाको पीसीआर गर्दा ६ जना सङ्क्रमित र १५ जनाको एनटिजीन परीक्षण गर्दा ८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओमप्रकाश पन्थीले बताउनुभयो । शनिवार १४ जना सङ्क्रमित हुँदा ६५ जना मात्र निको भएका छन् । पाल्पामा हालसम्म ४९५ जना कोरोनाका सक्रिय सङ्क्रमित रहेका छन् । केही दिनअघि चार सय जनाको सङ्ख्यामा सक्रिय सङ्क्रमित रहेकामा पुनः बढेर ४९५ पुगेको पन्थीले बताउनुभयो । पाल्पामा केही दिनयता कोरोनाबाट निको हुनेभन्दा सङ्क्रमित हुने मानिसको सङ्ख्या बढ्दै गएको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ । पाल्पामा हालसम्म कोरोनाका कारण १११ जनाको निधन भईसकेको छ ।
प्रकाशित मिति: शनिबार, असार १९, २०७८  १९:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update