Erani Mahal
एनआरएन जापान च्याप्टरको युवा संयोजकमा पाल्पाली राजेशको उम्मेद्वारी
210760876_215375713780428_3750226322515641711_n
पाल्पा-एनआरएन ए जापानको च्याप्टरको युवा संयोजक पदमा पाल्पाका राजेश खनालले उम्मेद्वारी घोषणा गर्नुभएको छ । सामाजिक संजाल मार्फत आफ्नो कार्यक्रम र योजना सहित उम्मेद्वारी दिनुभएको खनाल २०१९-२०२१ को कार्यकालका लागी च्याप्टरको सदस्य पदमा रहेर काम गर्नुभएको थियो । उहाँले सबैको साथ र सहयोगका कारण २०२१-२०२३ का लागि “ युवा सँयोजक “ जापान पदमा उमेदवारी दिएको छु उहाँले बताउनुभएको छ । उहाँले भन्नुभयो, मलाई बिश्वास छ यहाँहरुले यसपाली पनि सबैले माया गर्नुहुनेछ । उहाँले विगत अनुभव सहित कमिकमजोरी सुधार गर्दै संस्थलाई निःस्वार्थ भावले काम गर्नको लागि उम्मेद्वारी दिएकोले ः एकपटक विजय गराईदिनु हुन अनुरोध समेत गर्नुभएको छ । खनाल पाल्पाको तानसेन १ धुव्रघाट निवासी रहनुभएको उहाँका साथी धिरेन्द्र खातीले जानकारी दिनुभयो । सामाजिक क्षेत्रमा सक्रिय खनाललाई विजयी बनाउन उहाँले सबै पाल्पाली जापानवासी नेपालीहरुमा समेत आग्रह गर्नुभयो ।
प्रकाशित मिति: शनिबार, असार १९, २०७८  १९:११
प्रतिक्रिया दिनुहोस्
Weather Update