Erani Mahal
निस्दीको ज्यामिरेमा ८३ घरधुरीलाई बंगुरको पाठो प्रदान
209955166_1450138912006955_1790516232600078361_n
पाल्पा – निस्दी गाउँपालिका वडा नम्बर-७,ज्यामिरे,पाल्पामा ८३ घरधुरीलाई उन्नत जातको बंगुरको पाठो उपहार कार्यक्रम सम्पन्न भएको छ । प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना लुम्बिनी प्रदेशको ५० प्रतिशत अनुदानमा उपहार कार्यक्रम सम्पन्न भएको हो । निस्दी गाउँपालिका पशु सेवा शाखा मित्यालको प्राविधिक सहयोगमा कार्यक्रम सम्पन्न भएको लामडाँडा भाङ्बारी सामुदायिक वन उपभोक्ता समिति हुवासका अध्यक्ष मुक्त बहादुर पाटाले जानकारी दिनुभएको हो । यस अघि लक्षित कृषकहरुका लागि बंगुरपालन सम्बन्धि तालिम सन्चालन गरेको परियोजना कार्यक्रमको लागत २० लाख बराबरको रहेको पशु प्राविधिक मनबिर नेपालीले बताउनुभयो ।
प्रकाशित मिति: शुक्रबार, असार १८, २०७८  २०:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update