Erani Mahal
नेकपा पाल्पाले रिब्दिकाेटकाे घर माथिको जाेखिम पहिराे हटायाे
received_136980548508856
पाल्पा - विप्लव नेतृत्वकाे नेकपा पाल्पाले रिब्दिकाेटकाे घर माथिको जाेखिम पहिराे हटाएकाे छ । नेपाल कम्युनिस्ट पार्टी पाल्पाले रिब्दिकोट गाउँ पालिका वडा नम्बर २ देउरलीमा घर माथि रहेको जाेखिम पहिरो हटाएको छ । पहिरो पीडित राजिब भट्टराईको घर माथिको जोखिम पहिरो पन्छाएकाे हाे । जिल्ला स्तरीय नेता अाकाशकाे नेतृत्वमा उक्त पहिरो पन्छाउन करिब १ दर्जन स्थानीय नेता कार्यकर्ताहरुकाे साथमा दिनभर श्रमदान गरेका छन् । यस अघि पनि उक्त पार्टीले राहत तथा उद्दारकाे काम गरेकाे जनाएको छ ।
प्रकाशित मिति: शुक्रबार, असार १८, २०७८  २०:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update