Erani Mahal
लघुतम काव्य शीत  वाचन
205789220_199437468753639_4757966424825233702_n
पाल्पा- शीत काव्य समाज नेपालले शीत काव्य गोष्ठी अायोजना गरी शीत कविता वाचन तथा गायन सम्पन्न गरेको छ । " मोतीराम भट्टले स्थापना गरेकोे मोति मण्डली देखि पुष्कर रेग्मीले परिकल्पना गरेको शीत काव्य समाजसम्म अाइपुग्दा नेपाली साहित्यको बिकासमा उल्लेखनीय योगदान पुगेको छ " भनी गोष्ठीको प्रमुख अतिथि बाल साहित्य समाजकी सचिव डा. यादेवी ढकालले बताउनु भयो । समाजको पहिलो कार्यक्रम समेत भएकोले परिचय गरिनुका साथै शीतका परिकल्पनाकार पुष्कर अथक रेग्मीद्वारा शीत कसरी लेख्ने बिषयमा संक्षेपमा प्रशिक्षण समेत दिइएको थियो । शीत २० भन्दा बढी नियमद्वारा लेख्न सकिन्छ । दुई ,दुई अक्षरमा चार हरफ र जम्मा अाठ अक्षर बराबर एक शीत मानेर लेखिन्छ । गोष्ठीमा राष्ट्रिय सुसेली मन्चका अध्यक्ष दुर्गा अधिकारी भमरकोटे, विश्व नेपाली साहित्य प्रतिष्ठानका अध्यक्ष जनार्दन अधिकारी , गोगवु साहित्य समाजकी अध्यक्ष द्वारिका कुइकेल, लोक सुसेली साहित्यकार लक्ष्मीप्रसाद मिस्र, अविस्रान्त कर्मशील साहित्यकार देवेन्द्रराज शाक्य , नारी स्रष्टा दिला शाहले शीतको उपयोगिताका साथ व्यापिकरण हुँदै जाने र यस लघुतम बिधाले नेपाली साहित्यमा नया योगदान पुर्‍याउने छ भनी शुभकामना व्यक्त गर्नु भयो । गोष्ठीमा सहभागीहरूले शीत वाचन र विभिन्न लयमा शीत गायन समेत गर्नु भएको थियो । शीत काव्य गोष्ठीमा पदमावती देवी, कृष्ण केसी, इन्दिरा ज्ञवाली,सुरेशचन्द्र घिमिरे,अायाम कार्की, बिनोद भारती ,भावना खनाल,अम्बिका अाचार्य, धर्मी शाक्य ,बिष्णु भण्डारी अादिको सहभागीता रहेको थियो । समाजका अध्यक्ष पुष्कर अथक रेग्मीको अध्यक्षता, समाजकी उपाध्यक्ष सीता बिष्ट कार्कीको स्वागतमा भएको भर्चुअल गोष्ठीको संचालन समाजका सचिव दामोदर ढकाल ' दीपक' द्वारा गरएिको थियो ।
प्रकाशित मिति: शुक्रबार, असार १८, २०७८  २०:११
प्रतिक्रिया दिनुहोस्
Weather Update