X
160
Shares

तानसेनका किसानलाई अनुदानमा कृषि औजार वितरण

रानीमहल संवाददाता || १७ असार २०७८,बिहीबार २०:१२

पाल्पा – तानसेनका किसानलाई ५० प्रतिशत अनुदानमा कृषि सम्बन्धी औजार तथा उपकरण वितरण गरिएको छ । तानसेनभित्रका कृषि तथा उद्यमशीलतामा क्रियाशिल युवा तथा महिलालाई नगरपालिकाको ५० प्रतिशत अनुदानमा हाते ट्रेक्टर, कम्बाइन मिल र कटर वितरण गरेको हो ।

कृषि औजार तथा उपकरण वितरण गर्नुहुँदै तानसेन नगरपालिकाका प्रमुख अशोककुमार शाहीले कृषि क्षेत्रको विकासबाट नगरपालिकाले आफ्नो पहिचान कायम गर्न खोजेको बताउनुभयो । तानसेनलाई तरकारी, दुध र मासुमा आत्मनिर्भर बनाउने लक्ष्य रहेकाले नगरपालिकाले किसानलाई मल, बिउ तथा उपकरणमा सहुलियत दिन तयार रहेको बताउनुभयो ।

नगरपालिकाले विभिन्न संघसंस्थासँग मिलेर समेत कृषि, पशुपालन र कृषि उद्यम गर्नेलाइ प्राेत्साहन गर्न बैँककाे जमानी बसेर अभिभावकत्व ग्रहण गरेकाे उल्लेख गर्नुभयाे ।

कृषि उपकरण वितरण कार्यक्रममा नगर उपप्रमुख लक्ष्मीदेवी पाठक, प्रमुख प्रशासकीय अधिकृत पिताम्बर पाण्डेय, वडा अध्यक्षहरू, सूचना अधिकारी दुर्गाबहादुर थापा, सामाजिक विकास शाखा प्रमुख भरत आचार्य, लेखा प्रमुख काेशलराज घिमिरे लगायतकाे सहभागिता रहेकाे थियाे ।

नगरपालिकाले कृषक समूह, सहकारी तथा व्यक्तिलाई समेत उत्पादन र मागका आधारमा ३० वटा हाते ट्रेक्टर, १४ वटा कम्बाइन मिल र १७ वटा कटर वितरण गरेको कृषि तथा पशु शाखाका दानबहादुर कँवरले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *


काेराेना सचेतना सूचना

क्लिक मिडिया नेटवर्क प्रा.लि.पाल्पा,
नेपालद्वारा संचालित
इरानीमहल डटकमको लागि
अनलाइन न्यूज पोर्टल
ranimahalnews@gmail.com
संपादक:अमृत अधिकारी
फाेन नं : ०७५-५२२६०७
मो नं : ९८५७०६००४७
सुचना बिभाग दर्ता नं.७५२/०७४-७५

Powered By: Softbenz Infosys