X
265
Shares

पाल्पाकाे मुझुङ्का चार स्थानबाट ७० हजार बढी नगद चाेरी !

रानीमहल संवाददाता || १७ असार २०७८,बिहीबार १९:३९

पाल्पा – जिल्लाको रैनादेवी छहरा गाउँपालिका–५, मुझुङ्का विभिन्न चार स्थानबाट ७० हजार भन्दा बढी नगद चोरी भएको छ । मुझुङ्का मुझुङ् कृषि सहकारीको कार्यालय फुटाली ४ हजार, वडा कार्यालयको दराजबाट १ हजार ६ सय, कालिका माविको कार्यालयबाट ५० हजार र मुझुङ्कै नेत्रबहादुर कार्कीको नास्ता पसलबाट ८ हजारको एनटिसी रिचार्ज कार्ड र ७ हजार नगद चोरी भएको हो ।

समाचार प्रतिनिधि तस्विर

बुधबार राति यहाँका विभिन्न स्थानमा राति चोरले कार्यालय र घरमा विभिन्न सामानमा समेत क्षति पु¥याएको प्रहरीले जनाएको छ । प्रहरीले चोरी कार्यमा संलग्नको खोजी कार्य गरिरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *


काेराेना सचेतना सूचना

क्लिक मिडिया नेटवर्क प्रा.लि.पाल्पा,
नेपालद्वारा संचालित
इरानीमहल डटकमको लागि
अनलाइन न्यूज पोर्टल
ranimahalnews@gmail.com
संपादक:अमृत अधिकारी
फाेन नं : ०७५-५२२६०७
मो नं : ९८५७०६००४७
सुचना बिभाग दर्ता नं.७५२/०७४-७५

Powered By: Softbenz Infosys