Erani Mahal
पाल्पामा मध्य असारभित्रै सकियाे ५० प्रतिशत राेपाइँ
ropai
पाल्पा – पाल्पामा ५० प्रतिशत बढी क्षेत्रफलमा धान रोपाइँ सकिएको छ । समयमै पानी परेका कारण यो वर्ष असारको दोस्रो सातासम्ममा पाल्पामा ५० प्रतिशत भन्दा बढी भूभागमा रोपाइँ सकिएको हो । मनसुन चाडैँ सुरु भएकोले पाल्पाको अधिकांश स्थानमा रोपाइँ छिट्टै भएको कृषि ज्ञान केन्द्र पाल्पाले जनाएको छ । धान खेतीका लागि आवश्यक पर्ने पानी पुगेपछि रोपाइँ छिटो भएको कृषि ज्ञान केन्द्र पाल्पाका प्रमुख शिवप्रसाद अर्यालले बताउनुभयो । अब मकै खेती हुने स्थानमा बाहेक अन्य स्थानमा रोपाइँ सकिने अवस्थामा पुगेको उहाँले बताउनुभयो । ज्यामीको अभाव नहुँदा पनि धान खेती समयमै भएको उहाँको भनाई छ । लकडाउनका कारण मानिस अन्य काममा निस्केका छैनन्, घरमै भएका मानिस रोपाइँमा खटिएको अर्यालले बताउनुभयो । गत वर्ष यही समयमा ३० प्रतिशत मात्र खेती भएको थियो । यो वर्ष अधिकांश स्थानमा रोपाइँ भइरहेको छ । पाल्पामा नौँ हजार छ सय हेक्टर क्षेत्रफलमा धान रोपाइँ हुँदै आएको छ । पाल्पाको माडीफाँट, रामपुर, कचल, झडेवा, पूर्वखोला लगायतका फाँटमा धान रोपाइँ अन्तिम चरणमा पुगको ज्ञान केन्द्रले जनाएको छ । रामपुर फाँटको केही भाग र अर्गली फाँटमा भने अहिले पनि मकै नपाकेकाले रोपाइँ हुन बाँकी रहेको केन्द्रले जनाएको छ ।
प्रकाशित मिति: बुधबार, असार १६, २०७८  १९:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update